Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्दै सत्ता गठबन्धन


सत्ता गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चूनावी तालमेका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनले बताए ।

प्रतिवेदनका आधारमा नै लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तर हुने तालमेलका बिषयमा आवश्यक निर्णय गरिने कार्कीले बताए । उनले आगामी निर्वाचनमा हामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्ने उल्लेख गरे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराएको कार्कीले जानकारी दिए ।

बैठकमा गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार