दुई दिन हाहाकार मच्चिएको पेट्रोलियम पदार्थ आज आइतबारबाट सहजै उपलब्ध हुने भएको छ ।
राजधानीका अधिकांश पेट्रोल पम्पहरुमा शुक्रबार र शनिबार पेट्रोल छैन लेखिएका कागज टाँसिएका थिए भने केही पेट्रोल पम्पहरुमा सवारी साधनहरुको घन्टौं लामो लाइन देखिन्थ्यो । कमिसनको विषयलाई लिएर पेट्रोलियम व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि पेट्रोलियम उपलब्धता असहज बनेको थियो । तर, शनिबार बेलुकी पेट्रोल व्यवसायी र नेपाल आयल निगमका बीचमा भएको वार्ता सफल भएपछि व्यवसायीहरु आन्दोलन स्थगित गर्न सहमत भएका हुन् ।
व्यवसायीहरुले उठाएका मागका सम्बन्धनमा सात दिन भित्र सरकारले उचित निर्णय गर्ने सहमति भएसँगै व्यवसायीहरु आइतबार बिहान ८ बजेबाटै सबै पेट्रोल पम्प खोल्न सहमत भएको व्यवसायी तथा आयल निगमका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।