केही दिनदेखि उपत्यका सहित देशका विभिन्न स्थानको मौसम खासै सफा छैन । आकाश धुलाम्मे जस्तै देखिएको छ । शनिबार देशका केही स्थानमा हलुका वर्षा भएपनि अधिकांश स्थानमा वर्षा हुन सकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आज भने आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ ।
आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।






