
ओलीले क्यारेम खेल्दै गरेको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
दुई दिनयता यो भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले व्यापक मात्रामा शेयर गरेका छन् भने भिडियोलाई लिएर अनेक टिका टिप्पणी पनि भएका छन् ।
केहीले राजनीतिमा मात्रै नभएर क्यारेमबोर्डका पनि ओली खतरा खेलाडी रहेको भनी टीप्पणी गरेका छन् भने केहीले चुनावको मुखमा ओलीले हरेस खाएर क्यारेम खेल्न लागेको भन्दै व्यंग्य गरेका छन् ।
चुनावको मुखमा ओलीले क्यारेम खेल्दै गरेको यो भिडियो के उद्देश्यले सार्वजनिक गरियो भन्ने कुरा भने खुलेको छैन । विशेषगरी नेकपा एमालेका फेसबुक ग्रुप र पेजहरुमा यो भिडियो धेरै शेयर गरेको पाइएको छ ।