Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

श्रीलंकामा चार मन्त्री नियुक्त


श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् । उनीहरुले सपथ पनि लिएका छन् ।

आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए ।

देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् ।

तर राष्ट्रपति गोटाबायाले आफ्ना भाइ बासिल गोटबायालाई भने मन्त्रिपरिषदमा स्थान दिएका छैनन् । यसअघि उनका भाइ बासिल वित्त मन्त्री थिए । राष्ट्रपति गोटाबाया, प्रधानमन्त्री महिन्द राजपाक्षे, बासिल दाजु भाइ हुन् । बासिलको ठाउँमा अली साबरीलाई वित्त मन्त्री बनाइएको छ ।

राष्ट्रपति गोटाबायाले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा आउन आह्वान गरेका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तरबाट राजपाक्षे दाजुभाइको राजिनामा मागेर प्रदर्शन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार