Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

ठुलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकार्छौँ : कमल थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठुलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् ।

सोमबार राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतमा जनमुखी र संगठनमुखी हुन नसकेको बताएका हुन् ।

उनले सत्ता केन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकोले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको स्पष्ट पारे ।
नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल अनुसार काम भइरहेको भन्दै थापाले ठुला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए ।

भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरू असफल दलको विकल्प हुन सक्ने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार