Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।

त्यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । त्यस्तै बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बारेमा जानकारी गराएको र समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालिएको मल्लले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार