Logo
१० बैशाख २०८२, बुधबार
|  Wed Apr 23 2025

पोखरामा मापदण्ड मिचेर बनाइएका २१ घर भत्काइए


पोखरा ।। पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनाहरु डोजर लगाएर भत्काइएको छ ।

पोखरा महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाइएका संरचनाहरुमा डोजर चलाएको हो । महानगरले नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्म मापदण्ड मिचेर बनाएका संरचनाहरु भत्काएको हो ।

मापदण्ड मिचेर बनाएका फिस्टेल हाउजिङका ५ घरमा पर्खाल, गेट भाडा र कार्यालय भत्काएको हो । यसअघि पनि महानगरले त्यही सहक खण्डमा मापदण्ड मिचेर बनाएका दर्जनौँ भरहरु भत्काएको थियो । महानगरले सुरुमा २६ मिटर चौडा सडक बनाउने योजना भएपनि उक्त मापदण्डमा ५६ घर भत्किने भएपछि घटाएर २४ मिटरको सडक बनाउने भएको हो । उक्त मापदण्डमा २१ घरले मापदण्ड विपरीत संरचना बनाएका थिए ।

मापदण्डभित्र परेका संरचनालाई पटक पटक सूचना निकालेर हटाउन आग्रह गर्दासमेत नहटाएपछि महानगरले एस्काभेटर प्रयोग गरी भत्काएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार