Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

पेट्रोलको भाउ १६० रुपैंयाँ पुग्यो, खाना पकाउँने ग्याँस पनि महंगियो


पेट्रोलको भाउ मंगलबार रातीबाट प्रतिलिटर १६० रुपैंयाँ पुगेको छ ।
नेपाल आयल निगमले मंगलबार रातीबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जबकी इण्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य यसअघिको भन्दा घटेर आएको छ ।
नेपाल आयल निगमले भने अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको जनाएको छ ।
डिजेल र मट्टितलेको मूल्य प्रतिलिटर १४३ रुपैंयाँ पुगेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १६ सय रुपैंयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार