
कला घर निर्माणको प्रारम्भिक चरणका कामहरु सम्पन्न भएका छन् ।
सरकारबाट सम्बोधन भएको प्राप्त बजेटबाट पहिलो चरणको काम अन्तर्गत कला राख्ने कार्यालय भवन , सौचालय र कला व्यवस्थापनको निम्ति नेपालको नक्साङ्ग्कन किल्ला निर्माण भइरहेको छ ।
सिङ्गो देशको कला संस्कृती अटाउने तथा नविनतम कलाको पाठशालाको रुपमा विकास गर्ने योजना अनुसार ६ करोड बराबरको नेपालको नक्साङ्गक्न आकारको ६० मिटर लम्बाइ १५ मिटर चौडाइमा दुई तल्ले भवन निर्माणको लागि भने सरकार सङ्ग निरन्तर निर्माणको लागि पहल भैरहेको सिन्धुली नमुना कला संग्रहालय कला घर निमार्णका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितीले सहयोगार्थ रु एक लाख रकम हस्तान्तरण गरेको थियो । गत वर्ष कलाघरको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा घोषणा बमोजीम रु एक लाख रकम कांग्रेसका निवर्तमान सभापति उज्ज्वल बराल, वर्तमान सहसचिव शेखर मिश्र लगायत कांग्रेसका नेतागणहरुको उपस्थीतिमा रकम हस्तान्तरण गरिएको थियो ।
हाल सम्म संकलन तथा निमार्ण गरिएका कला तथा स्थायी कलाघर बन्ने स्थल निरिक्षण गर्दै कांग्रेस नेता बरालले कलाघरको कार्यको उच्च प्रसंसा गर्दै कला व्यक्तिगत र पार्टीको तर्फबाट निमार्ण सम्पन्न नभइन्जेलसम्म सहयोग सहकार्य हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
६ करोड बराबरको कला निमार्ण तथा ६ करोड बराबरको भौतिक संरचना गरी १२ करोडको लागतमा निमार्ण हुने नमुना कला संग्रहालय कला घरको निमार्ण कार्य यतिबेला धमाधम भइरहेको छ । सरकारी बजेट तथा विभिन्न स्वेच्छिक सहयोगि दाताहरुको सहयोग गरि यो वर्ष झण्डै ८० लाख बराबरको काम सम्पन्न हुने अपेक्षा राखिएको उपाध्यक्ष रम्तेलको भनाइ छ ।
निकटम सांस्कृतिक विद्यालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।