Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

जनादेशको दूरुपयोग गर्नेहरुलाई जनताले पराजित गर्छन् : ओली


नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनादेशको दूरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भएको भन्दै उनीहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका हुन् ।

पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उनले बताए । आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन उहाले माधव नेपाललाई चूनौति दिए ।

त्यस्तै उनले ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको वास्तबिक जनमत वैशाख ३० पछि मात्र प्रकट हुने धारणा राखे । उनले एमाले सरकारले नै कोरोना उपचारका लागि प्रयाप्त पूर्वाधार तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार