आफ्नै श्रीमानको हत्या गरेर कैलालीको मोहन्यालकी एक महिलाले प्रहरीकोमा आत्मसमर्पण गरेकी छिन् ।
मोहन्याल गाउपालिका वडा नम्बर १ राक्साकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेर प्रहरीकोमा आत्मसमर्पण गरेको बुझिएको छ । गएराती धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी चुमाले आफूले श्रीमानलाई मारेको भन्दै प्रहरीलाई जानकारी गराएको प्रहरी स्रोतले जनाएको छ ।
हाल प्रहरी नियन्त्रणमा रहेकी चुमाले हत्याको कारण भने हाल नखुलाएको र यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।








