Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

६ करोड प्रकरणमा तानिए शशांक कोइराला, निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नवलपरासीका सांसद कोइरालालाई उनले दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधेको हो ।

डा.कोइरालाले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा अफ द रेकर्ड भन्दै चुनावमा आफूले ६ करोड रुपैंयाँ खर्च गरेको बताएका थिए । संसदीय निर्वाचनमा आफूले ६ करोड रुपैंयाँ खर्च गरेको बताएपछि डा.कोइराला निर्वाचन आयोगको निशानामा परेका हुन् ।

अघिल्लोपटकको संसदीय निर्वाचनमा सांसदका उम्मेदवारले अधिकतम २५ लाख रुपैंयाँ खर्च गर्न पाउने व्यवस्था रहेपनि सांसद कोइरालाले आचारसंहित प्रतिकूल हुनेगरी आफैंले ६ करोड रुपैंयाँ खर्च गरेको अभिव्यक्ति सार्वजनिक गरेका थिए । उनलाई निर्वाचन आयोगले एक पत्र काट्दै ७ दिनभित्र ६ करोडको विषय प्रष्ट पार्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार