Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

काठमाडौंको मेयरमा एमालेका तर्फबाट पूर्वमन्त्री सहित ५ जना सिफारिस, को को परे सूचीमा ?


नेकपा एमालेको काठमाडौं नगर कमिटिले काठमाडौं महानगरपालिकाको मेयरमा पूर्व मन्त्रीदेखि हालका मेयरसम्मको नाम सिफारिस गरेको छ । महानगरपालिकाको मेयरका आकांक्षी धेरै भएपछि महानगर कमिटिले पूर्व मन्त्री रामवीर मानन्धर, हालका मेयर विद्यासुन्दर शाक्य सहित ५ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका अन्य नेताहरुमा पूर्व मेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा र निना काफ्लेको नाम सिफारिस गरिएको बुझिएको छ ।

सिफारिस भएका मध्ये मेयरमा हालका मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित र पूर्व मन्त्री रामवीर मानन्धरको दाबेदारीलाई बलियो रुपमा हेरिएको छ ।

नगर कमिटिले सिफारिस गरेको सूचीलाई अन्तिम रुप दिने काम भने एमाले केन्द्रले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार