Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

महेन्द्र शान्तिका प्रधानाध्यापक गोपालविक्रम थापा नेल्टा भक्तपुरको पहिलो अध्यक्ष निर्वाचित


भक्तपुर, ३ बैशाख । भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाका सामुदायीक र संस्थागत विद्यालयमा अंग्रेजी विषय पढाउँदै आएका शिक्षकहरु सम्मिलित भेलाले महेन्द्र शान्ति मावि बालकोटका प्रधानाध्यापक एवम् अंग्रेजी शिक्षक गोपाल विक्रम थापालाई नेपाल इंगलिस ल्याङ्गवेज टिचर्स एशोसियसन ‘नेल्टा’ भक्तपुरको अध्यक्षमा चुनेको छ ।

सानोठिमीस्थित आदर्श माविमा शनिवार सम्पन्न अंग्रेजी विषयका शिक्षकहरुको भेलाले थापाको अध्यक्षतामा भक्तपुर जिल्लाको १५ सदस्यीय पहिलो नेल्टा कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कुमार कट्टेल, सचिवमा टंकनाथ आचार्य, सहसचिवमा गंगादत्त भट्ट, कोषाध्यक्षमा जमुना कुँवर तथा सदस्यहरुमा कुवेर भट्टराई, शोभा नेपाल, बनिना राई, दिपक चपाई, खगेन्द्र धमला, कुमार श्रेष्ठ, राजेश कुमार दाहाल, नवराज सापकोटा, सुमिता लामा र सेमन्तराज सुवेदी छन् ।

यसअघि सो संस्थाको नेपाल इंगलिस ल्याङ्गवेज टिचर्स एशोसियसन ‘नेल्टा’ का केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, पुर्व अध्यक्ष हेमन्तराज दाहाल, नेल्टाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, सचिव भरतबाबु खनाल, राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी अधिकृत कुन्ति अधिकारी, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अधिकृत परशुराम तिवारी, नेपाल शिक्षक महासंघका अध्यक्ष रामप्रसाद न्यौपाने, मध्यपुर थिमी नगरपालिकाको शिक्षा शाखाका अधिकृत नेत्र दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेल्टा भक्तपुरका अध्यक्ष गोपाल विक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुमार कट्टेल र सदस्य सुमिता लामाले पनि बोलेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार