Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

भाषण गर्दागर्दै ज्ञानेन्द्र शाहीमाथि मोबाइल प्रहार, के भन्छन् शाही ?


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीमाथि मोबाइल प्रहार भएको छ । जुम्लामा आयोजित राप्रपाको सभामा भाषण गर्दागर्दै  शाहीमाथि मोबाइल प्रहार भएको हो ।

। उनले बोल्दै गर्दा छातीमा लाग्नेगरी दर्शकदीर्घाबाट मोबाइल प्रहार भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एउटा किताब देखाएर बोल्दै गर्दा उनीमाथि मोबाइल प्रहार भएको भिडियोमा देख्न सकिन्छ ।

आफूमाथि मोबाइल प्रहार भएपछि उनले त्यसलाई समात् भनेका छन् भने उनी समर्थक युवा मञ्चबाट हाम फालेर दर्शकदीर्घातर्फ गएका छन् । तर, मोबाइल प्रहार गरेका ती व्यक्ति भने समातिएको या नसमातिएको भिडियोमा प्रष्ट देखिदैन ।

यसैबीच आफूमाथि मोबाइल प्रहार भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोकाप्रति ज्ञानेन्द्र शाहीले असहमति जनाएका छन् । मोबाइल प्रहार भएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ के भएको हो भनेर आजको प्रेसले राखेको जिज्ञासामा शाहीले बार्दलीमा बसेका एकजना व्यक्तिले ताली बजाउँने क्रममा मोबाइल उछिटिएर आफूतिर आएको उनले बताए । एउटा घरको फेदमा कार्यक्रमको स्टेज रहेको र सो घरको बार्दलीमा बसेका युवाले ताली बजाउँने क्रममा मोबाइल खसेर आफूतिर आएको उनले जिकिर गरे । तर, भिडियोमा भने बार्दलीबाट नभई दर्शकदीर्घाबाट मोबाइल हानिएको देखिन्छ ।

शाहीलाई तपाईँले घरको बार्दलीबाट भनेपनि दर्शकदीर्घाबाट मोबाइल प्रहार भएको देखिन्छ नि भनेर जिज्ञासा राख्दा उनले मोबाइल नै प्रहार भएको रहेछ भनेपनि जुत्ता त होइन नि भन्दै हाँसेर जवाफ दिए ।

नेपालका लागि नेपाली अभियान, हाम्रो नेपाल हामी नेपाली जस्ता अभियान हुँदै राप्रपामा प्रवेश गरेका शाही अहिले चुनावी सभाहरुमा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार