नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरका लागि सुनिता डंगोलले टिकट पाएपछि उनका विषयमा व्यापक चासो देखिएको छ । सुनिता डंगोलको राजनीतिक पृष्ठभूमीदेखि उनका विषयमा स्वभाविक जिज्ञासाहरु जनमानसमा उब्जिएका छन् ।
डंगोल मिस नेवा २०११ की बिजेतासँगै एक सञ्चारकर्मी पनि हुन् । नेवा लिपी, संस्कृति र भाषाको प्रबद्र्धनमा लागेकी डंगोलले यसअघि काठमाडौं महानगरबाट स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।
महानगरबाट मेयरको स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी २८ वर्षिया डंगोलसँग मेयरमा उनको दाबेदारी, उनको पारिवारिक पृष्ठभूमी लगायतका विषयमा केन्द्रित रहेर आजको प्रेसले केहीदिनअघि भिडियो अन्तर्वार्ता गरेको थियो । उनीसँगको भिडियो अन्तर्वार्ता तलको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।








