Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कांग्रेस एमाले दुबैको भोट काट्न आएको हुँ : शाह


काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेद्वारीमा दर्ता गर्दै बालेन शाहले कांग्रेस र एमालेको भोट काट्न आएको बताएका छन् ।

उम्मेद्वारी दर्ता गरेपछि पत्रकारसँगको कुराकानीमा शाहले आफु कांग्रेस र एमाले दुबैको भोट काट्न आएको र त्यही काटेको भोटबाट नै आफुले जित्ने बताएका हुन् ।

उनले भने, “काठमाडौँ महानगरमा ३ लाख २०० भोटर छन् त्यहाँ मध्ये डेढ लाख भोटर स्वतन्त्र भोटरहरु छन्, उनीहरुले चाहिँ साँच्चिकै व्यक्ती हेर्नुहुन्छ, त्यो व्यक्तिले चाहिँ काम गर्न सक्छ सक्दैन, त्यो व्यक्ती योग्य छ कि छैन, त्यसको भिजनमा क्लियारिटि छ कि छैन भन्ने सबै कुराहरु हेरिसकेपछी उहाँहरुबाट अहिले फिड्ब्याक लिँदाखेरी चाहिँ अहिलेसम्म हामी पोजेटिभ नै छौँ । मैले यो भन्दा अगाडी पनि भन्या थिए हामीले जित्दाखेरी ९० हजार ८३५ भोटले जित्छौं, यो डाटाचाहिँ लेखेर राख्नु होला ।”

उनले आफ्नो उम्मेदवारी काठमाडौँवासीको समस्या समाधान गर्न भएको समेत बताउँदै भने, “पहिलाको जस्तो दुख नभोग्ने, खानेपानीको समस्या हुन नदिने मेरा प्राथमिकता हुन् ।”

शाह उम्मेदवारी दर्ता गर्न राष्ट्रिय झण्डा ओढेर आफ्ना समर्थकसहित राष्ट्रिय सभा गृह पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार