Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

काठमाडौंमा मेयरका उम्मेदवार नै ५६ जना


काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न राजनीतिक दलदेखि स्वतन्त्र सम्मका गरी ५६ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी उपमेयरका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दलका तर्फबाट २१ जना र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । मेयरमा उम्मेदवारी दर्ता गराएका मध्ये ८ जना महिला रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार