काठमाडौ महानगरपालिकाको मेयरका लागि ८४ वर्षिय रविकान्त मानन्धरले पनि उम्मेदवारी दिएका छन् ।
महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका ५६ जनामध्ये उनी सबैभन्दा ज्यष्ठ नागरिक हुन् । मानन्धरले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार र सोमबार भएको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलदेखि स्वतन्त्र सम्मका गरी ५६ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी उपमेयरका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दलका तर्फबाट २१ जना र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । मेयरमा उम्मेदवारी दिएका मध्ये काठमाडौं महानगपालिकाका सबैभन्दा कान्छा उम्मेदवार भने २४ वर्षिय न्हुज मानन्धर हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।








