Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

अब हप्तामा दुई दिन सार्वजनिक बिदा, कार्यालय समय पनि फेरियो


सरकारले आगामी जेठ १ गतेदेखि लागु हुनेगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार जेठ १ गतेबाट दुई दिन सार्वजनिक बिदा दिइनेछ भने कार्यालय समय बिहान ९ः३० देखि बेलुकी ५ः३० सम्म हुनेछ ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’

पेट्रोलियम पदार्थ खपत कम होस् भन्ने उद्देश्यले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार