नेपाली कांग्रेसले आसन्न निर्वाचनमा पार्टीका बागी उम्मेदवारलाई मात्रै नभई उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ती जारी गर्दै बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ भने उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि गल्ती सच्याउन भनेको छ । निर्वाचन आयोगले तोकेको समयसिमाभित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार तथा प्रस्तवाक र समर्थकको सदस्यता स्वतः खारेज हुने कांग्रेसले जनाएको छ ।
निर्वाचन आयोगले शुक्रबार विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ ।








