काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन् ।
निर्वाचन आयोगले बालेन शाहलाई लौरो चुनाव चिन्ह दिएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई बलिया उम्मेदवारका रुपमा हेरिएको छ ।
युवाहरुमाझ लोकप्रिय रहेका बालेन आफ्ना केही गीतका कारण भने विवादमा छन् । महिलाहरुलाई होच्याउने तबरका गीत बालेनले गाएको भन्दै राजधानीको नेशनल कलेजमा एक युवतीले उनीमाथि प्रश्न उठाएकी थिइन् भने अहिले उनको विवादास्पद गीतलाई सामाजिक सञ्जालमा भाइरल समेत बनाइएको छ ।








