मानिसहरु बिहान उठेदेखि राती नसुतेसम्म दिनभरी युद्ध गरिरहेका हुन्छन । ती युद्धहरुमा कुनैमा विजय पाउँदछन् र कुनै सम्झौतामा टुंगिन्छन् भने कुनै युद्धमा हारिन्छ । उसले चिया खायो भने चियासँगको युद्ध जित्यो । तर, भात खान पाएन र चाउचाउको भरमा भोक मेट्यो भने उसले सम्झौतामा टुंग्यायो । आज ऊ ५००० को खोजीमा थियो तर कतै पाएन भने उसले युद्ध हा¥यो । एउटा मान्छे जन्मेदेखि नमरेसम्म सबै सेकेण्डहरु युद्धमा नै विताइ रहेको हुन्छ । सबै युद्धमा यी तीनवटा सवालहरुले नै काम गरिरहेका हुन्छन । कि उ जितमा हुन्छ, कि उ सम्झौतामा हुन्छ कि त उ हारमा हुन्छ । हार–सम्झौता र जित अरुका कारणहरुले वा अरुले गर्दा कहिल्यै पनि हुँदैनन् । सबै आफ्नै कारणहरुले गर्दा हुन्छन् । अहिले तपाइँ जे बन्नु भएको छ वा जस्तो हुनुहुन्छ त्यो तपाइँकै कारणले गर्दा हो ।
जस्तो तपाइँ आज ८० वर्षको हुनुहुन्छ भने तपाइँ छिटो जन्मनु भएकै कारणले ८० वर्ष पुग्नु भएको हो । तर, तपाइँ आज १५ वर्षको मात्र हुनुहुन्छ भने तपाइकै कारणले हो । हामी मानसिक, शारीरिक र सामाजिक ३ अवस्थामा बाँचेका हुन्छौ । यी ३ कुराहरु मध्ये कुनै एउटा विग्रिएमा हामी टेन्सनमा परिहाल्छौ । यी ३ वटै कुराहरु नबिगार्न हामीलाइ जन्म दिने आमा बुबा देखि परीवार र सामाजिक अन्तरक्रियाहरुको भूमिका हुन्छ । हाम्रो शरीरमा ५० प्रतिशत आमा बाको वंशाणु गुणहरु सरेका हुन्छ । २० प्रतिशत हाम्रो खानदान वा खाने कुराहरुले र ३० प्रतिशत चाहि सामाजिक अन्तरक्रियाले हाम्रो सारा जिन्दगि निर्धारण गरेको हन्छ । कुनै मान्छेहरु आफैमा राम्रा वा नराम्रा हुदैनन् । उनीहरुका यि ३ पक्षहरु कस्ता छन त्यसैले उसको व्यक्तित्व निर्माण र निर्धारण समेत गर्छ । असल बुबा आमाका छोराछोरी पनि खराब सामाजिक अन्तरक्रियामा परे भने उनीहरुको करअिर पनि खराब नै हुन्छ ।
स्केण्डेनिभियन देशहरुलाइ अपराध सुन्य समाज भनिन्छ । ती देशहरुमा १८ वर्ष उमेर सम्म बच्चाहरुले पब्लिक वार छिरेका हुदैनन् र स्मोकिङ्ग गरेका हँदैनन् । हुन त भारतको नयाँ शिक्षा नीतिमा पनि शिक्षकले विद्यार्थीहरुलाई खैनी र चुरोट किन्न पठाउनु हुँदैन भनेको छ । हाम्रो शरिरमा जन्म देखि मृत्युसम्म २०३ प्रकारका बायो केमिष्ट्रिहरु उत्पन्न हुन्छन । यी रसायनहरुको प्रभावले मात्र मान्छेले काम गर्छ । फुर्ति आउनु , थकान लाग्नु , कसैलाइ मन पर्नु , कसैलाइ मन नपर्नु आदी सबै हाम्रो शरिरमा उत्पन्न हुने बायो केमिष्ट्रिहरु कै कमाल हो । तपाइ अहिले जे गर्दे हुनुहुन्छ ती तपाइमा त्यही रसायन उत्पन्न भइरहेको छ । यति सम्म कि शरिरमा डेथ लिविडो हार्मन उत्पन्न नभए सम्म मान्छे मर्दैन । बाघको हार्मोन गाइमा हाल्ने हो भने गाइले पनि बाघले जस्तै जनावरहरुको शिकार गर्न थाल्छ । यस्तै बाघमा पनि गाइको हार्मोन हाल्ने हो भने बाघ पनि गाइ जस्तै साधु प्राणी बन्न सक्छ । त्यसैले हामीले सन्तुलित जीवन जिउनका लागि सबै कुराहरु सन्तुलित बनाउनु पर्छ । कुनै हार्मोन घटी वा बढी हुन साथ मानिस वा जिवहरुले अस्वाभाविक स्वभावहरु देखाउन थालिहाल्छन । हाम्रो कल्याण हामी सबैले गर्नुपर्छ । आफ्नो लागि भगवान आफै बन्नु पर्छ र आफैले आफैलाइ वरदान दिनु पर्छ । अरुले त सराप मात्र दिन्छन आमा र बा बाहेक ।






