आफूलाई अटेरी उपनामले चिनाउँन रुचाउने पोखरा महानरपालिकाको मेयर पदका उम्मेदवार गनेस पौडेल अटेरीले पनि लौरो चुनाव चिन्ह पाएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह पाएको खबर सार्वजनिक भएको केही बेरपछि नै अटेरीले पनि लौरो पाएको खबर सार्वजनिक भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले गनेस पौडेललाई चुनाव चिन्ह लौरो दिएको जनाएको छ । लेखक समेत रहेका पौडेल पोखरामा युवाहरुमाझ लोकप्रिय उम्मेदवारका रुपमा चिनिन्छन्








