Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमाले उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि …..


नेकपा एमालेका तर्फबाट दुई दिनअघि सम्म सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा उपाध्यक्ष पदको उम्मेदवार रहेकी मञ्जु भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । शनिबार राजधानीमा अयोजित एक कार्यक्रमकाबीच भण्डारी कांग्रेस प्रवेश गरेकी हुन् ।

एमाले परित्याग गर्नुपर्नाको कारण सहितको विज्ञप्ती जारी गर्दै भण्डारी नेपाली कांग्रेस प्रवेश गरेपछि राजनीतिक वृत्तमा तरंग आएको छ । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी प्रवेश गराएका हुन् ।

एमालेबाट टपिन्द्र तिमल्सिना अध्यक्ष र मञ्जु भण्डारी उपाध्यक्ष पदका उम्मेदवार रहेका थिए । तर, एमालेले सुनकोशी गाउँपालिकामा माओवादीसँग गठबन्धन गर्ने आन्तरिक तयारी गरेसँगै मञ्जुको उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेज गरिएपछि आक्रोशित बनेकी भण्डारी कांग्रेस प्रवेश गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार