Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

तीन विश्व किर्तिमानी रक्षकुमार राईलाई भव्य समारोहबीच प्रमाणपत्र प्रदान


विभिन्न विषयमा तीन वटा विश्व किर्तिमान कायम गरेका रक्षकुमार राई अभियानलाई भव्य समारोहका बीच प्रमाणपत्र प्रदान गरिएको छ ।

वासिङटन स्टेट अमेरिकाका कमिसनार डा. मोहन गुरुङको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित भव्य समारोहकाबीच मुन्धुमविद् डा. चन्द्र शेर्मा लिम्बु, डा.नोभा नागर्जुङ गुरुङ, राष्ट्रिय उपभोक्ता मञ्च काठमाडौंका जिल्ला अध्यक्ष मदन श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थितीमा राईलार्ई प्रमाणपत्र प्रदान गरिएको हो ।

राईले स्कुटी दौड र टेनिसका फरक फरक विधामा विश्व किर्तिमान कायम गरेका थिए । गिनिज वल्र्ड रेकर्डस्, च्याम्पियन बुक अफ रेकर्डस् र ओ एम जि बुक अफ रेकर्डस्मा नाम दर्ज गरेका राईलाई प्रमाणपत्र प्रदान गर्न पाउँदा खुसी लागेको कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुले बताएका थिए । राईको साहसबाट आफूहरु प्रभावित भएको भन्दै उनीहरुले अन्य विधामा पनि राईले विश्व किर्तिमान कायम गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

 

The longest journey of scooter rider, The most hits of a tennis ball with tenis racket handle in one minute जस्ता बिधामा राईले विश्व किर्तिमान कायम गरेका थिए । स्कुटी विधामा २०२० को फेब्रुअरीमा विश्व किर्तिमान कायम गरेका राईले टेनिसमा २०२१ को जनवरीमा विश्व किर्तिमान कायम गरेका थिए ।

भोजपुरको छिनामखुमा जन्मिएका राईले सानै उमेरमा अंग्रेजी भाषा सिकाई सम्बन्धी विभिन्न पुस्तक प्रकाशन गरेका थिए भने सितोरियो कराँते ब्लक बेट चौथो डानका अन्तर्राष्ट्रिय रेफ्रि तथा प्रशिक्षकका रुपमा समेत उनले कुशलतापूर्वक आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार