काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले आफूले कहिल्यै पनि राजनीति नछाडेको भन्दै पदमात्र नलिएको बताएकी छिन् ।
कांग्रेस सुदूरपश्चिम–काठमाडौं महानगरपालिका चुनाव प्रचार–प्रसार तथा परिचालन समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले आफ्नो उम्मेदवारीका बिषयमा अफवाह फैलाइरहेको भन्दै आफू राजनीतिमा नै सक्रिय रहेको बताइन् ।
राजनीतिक र घरलाई सँगै अघि बढाउनुपर्दा पदमा मात्र नबसेको उनको भनाई छ । उनले नेपाल महिला संघ र महिला अधिकारकर्मीले आफूलाई अगाडि आउन प्रेरित गरेकाले आफूले अहिले मेयर पदमा उम्मेदवारी दिएको धारणा राखिन् ।
सिंहले पार्टीले प्रस्ताव गरेपछि संकल्प तयार पारेको बताउँदै आफूले सार्वजनिक गरेका संकल्पहरुलाई पुरा गरेरै छाड्ने दाबी गरिन् ।








