Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नेपाल नागरिक अभियानको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक, के छन् योजना ?


संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा उठाउँदै आएको नेपाल नागरिक अभियानले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । देशका विभिन्न स्थानीय तहमा नगर प्रमुखदेखि वडा सदस्यसम्मका पदमा उम्मेदवारी दिएको अभियानले बिहिबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल नागरिक अभियानका राष्ट्रिय अध्यक्ष डा.ठाकुरमोहन श्रेष्ठले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ‘स्थानीय निर्वाचन–२०७९’ चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरे ।

‘अखण्ड विकसित नेपाल, स्वाभिमानी नेपाली’ नारा सहितको प्रतिबद्धतापत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य,सुशासन र सुरक्षा जस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ । यस्तै मठ÷मन्दिर गुम्बा र वातावरण जस्ता विषयलाई पनि प्रतिबद्धतापत्रमा महत्व दिइएको छ ।

निर्वाचित उम्मेदवारहरुले मासिक तलब नलिएर त्यसलाई सामाजिक सेवामा लगाउनुका साथै राजनीतिलाई सेवाका रुपमा जनताले अनुभूत गर्नेगरी काम गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । १२ कक्षा सम्म निःशुल्क व्यवस्था तथा उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ऋण, छात्रवृत्ति र रोजगारी व्यवस्था लागुु गरिने र प्रत्येक वडामा निःशुल्क आधारभुत प्रसुति सुविधासहितको कम्तीमा १ चिकित्सक र एक एम्बुलेन्स समेतको व्यवस्था, बृद्ध वृद्धाका लागि घुम्ति शिविरको व्यवस्था लगायतका विषयलाई प्रतिबद्धता पत्रमा समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार