काठमाडौं, २४ बैशाख । विगत २२ वर्षदेखि युवाहरुलाई नेपाली सेनाको अधिकृत क्याडेट तयारी कक्षाको लागि प्रशिक्षण दिँदै आएको नीजि क्षेत्रको पहिलो र एकमात्र प्रशिक्षण संस्था डिमा एकेडेमीबाट प्रशिक्षण लिएर छनौट भएका अधिकृत क्याडेटलाई वधाई तथा विदाई गरिएको छ ।
नेपाली सेनाले यसपटक छनौट गरेको ६२ औं सि.सं अधिकृत क्याडेटमा छनौट भएका १६५ अधिकृतमध्ये डिमा एकेडेमीमा प्रशिक्षण लिएका ९४जना प्रशिक्षार्थीहरु छनौट भएको सो एकेडेमीका प्रवन्ध निर्देशक अमिर अधिकारीले बताए ।
कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसी, अवकास प्राप्त महासेनानी ज्ञानहरि श्रेष्ठ, अवकाश प्राप्त प्रमुख सेनानी प्रदिप कार्कीलगायतले प्रशिक्षार्थीलाई टिका र खादा लगाई वधाई दिएका थिए ।







