Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

भरतपुर जानुअघि काठमाडौंमा ओलीको पत्रकार सम्मेलन


चितवनमा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न जानुअघि अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा प्रेस मिट गर्दैछन् । आइतबार बिहान १०ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा ओलीले प्रेस मिट गर्न लागेका हुन् ।

भरतपुरको क्याम्पाचौरमा आयोजना हुने सभालाई सम्बोधन गर्न चितवन जानुअघि ओलीले गर्न लागेको प्रेस मिटलाई चासोका साथ हेरिएको छ । सत्ता गठबन्धनले यसअघि भरतपुरमा आमसभा गरेर गठबन्धनका उम्मेदवारलाई जिताउँन सबैलाई आह्वान गरेको थियो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई चुनाव नजिताए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएका थिए ।

ओलीले चितवनको सभाबाट प्रचण्ड र गठबन्धनका अन्य नेताहरुलाई जवाफ दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार