Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

ओलीको काम झुट बोल्ने मात्रै हो : डा.महत


नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीको काम झुट बोल्ने मात्रै भएको बताएका छन् । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले ओलीले जहिल्यै पनि जनतालाई झुक्याउने काम गरेको बताए ।

उनले भने, ‘ पानी जहाजदेखि लिएर रेल सम्मका कुरा ओलीजीले गर्नुभयो तर, हात लाग्यो शुन्य । अहिले पनि देश विकासका काम सबै आफैंले गरेको भनेर जनतालाई झुक्याइरहनुभएको छ । ’ ओलीले गफ गर्न बाहेक अरु केही गर्न नजानेको भन्दै उनले गठबन्धनलाई अत्याधिक मतका साथ जनताले जिताउँने दाबी गरे । एमाले सरकारले मुलुक दुर्घटनातर्फ लैजान खोजेको र त्यसलाई गठबन्धनले बचाएको भन्दै जनताले जिताएरै छाड्ने जिकिर गरे ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै जनतासँग भोट माग्ने नैतिक आधार समेत ओलीसँग नरहेको बताए ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन नै गरेर नेपाली कांग्रेसमाथि विभिन्न आरोप लगाएपछि कांग्रेसले पनि पत्रकार सम्मेलन गरेर काउन्टर जवाफ दिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार