आज रातीबाट भोट माग्न नपाइने भएको छ । स्थानीय निर्वाचनको मौन अवधी आज रातीबाट शुरु हुने भएकाले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले भोट माग्दै घरदैलो गर्न नपाउँने भएका हुन् ।
चुनावी सभाहरु पनि आज नै अन्तिम हुनेछन् । भोलिबाट चुनावी सभा तथा ¥यालीहरु गर्न पाइनेछैन भने कोही कसैले गरेमा निर्वाचन आचारसंहिता अनुसार कारबाही हुनेछ ।
सामाजिक सञ्जालमा उम्मेदवारले पनि आज रातीबाट भोट माग्दै भिडियो पोष्ट गर्न तथा बुष्ट गर्न पाउँने छैनन् । उम्मेदवारहरुले सामाजिक सञ्जालमा यसअघि बुष्ट गरेका सामग्री समेत हटाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।








