Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

मलाई माफी दिनुहोस् : केशव स्थापित


नेकपा एमालेकातर्फबाट काठमाडौ. महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितले आफूले बोलेका कुराले कसैलाई दुःख परेको भए माफी दिन आग्रह गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले जान अन्जानमा आफूबाट कुनै गल्ती भएको भए माफी दिन आग्रह गरेका हुन् । उनले भने, ‘ मेरो वाणले कोही कसैलाई दुःख परेछ भने माफ पाउँ ।’

स्थापितले केहीदिनअघि राजधानीको नेशनल कलेजमा महिलाको अपमान हुनेगरी बोलेको भन्दै उनको आलोचना भइरहेको छ भने मलाई भोट नहाल्नेहरु नर्कमा जान्छन् भन्ने उनको अभिव्यक्ति पनि यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार