स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजधानी बाहिरका मतदाताहरु आ–आफ्ना जिल्ला फर्कन थालेपछि काठमाडौं दशैंको बेलाको जस्तै सुनसान हुन थालेको छ ।
उपत्यकाका प्रायः पसलहरु बन्द छन् भने स्कुल, कलेज र नीजि कार्यालयहरु पनि बन्द हुन थालेका छन् । सडकमा सवारी आवागमन निकै पातलो भएको छ । उपत्यका छाडेर बाहिर जानका लागि नाका नाकामा मान्छेहरुको भिड देखिएको छ भने सहरका मुख्य भागहरुमा चहलपहल अत्यन्तै न्युन छ ।
अघिल्ला दिनहरुमा निर्वाचन प्रचार प्रसारका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु बजारमा निस्कँदा भिडभाड देखिएको राजधानी मौन अवधी शुरु भएसँगै शान्त देखिएको छ ।








