Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

आजदेखी ६ दिनसम्मका लागि विद्यालयहरु बन्द


स्थानीय तह निर्वाचनका लागि विद्यालयहरु ६ दिनसम्मका लागि बन्द हुने भएको छ ।

सरकारले बैशाख ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । विभिन्न सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको र कतिपय शिक्षक, कर्मचारी र विद्यार्थीहरु मतदानका लागि आफ्नो जिल्ला जानुपर्ने भएको भन्दै विद्यालयहरु आजबाट बन्द गरिएको हो ।

बैशाख ३० गते शुक्रबार स्थानीय चुनावको मतदान हुने छ भने ३१ गते शनिबार परेको र जेठ १ गते आइतबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक विदा हुने छ ।

त्यसकारण आजबाट ६ दिनसम्मका लागि विद्यालयहरु बन्द हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार