मतदाता नामावलीमा नाम भएका तर, परिचयपत्र हातमा नभएका मतदाताहरुले परिचय खुल्ने कागजातका आधारमा मत हाल्न पाउँने भएका छन् ।
निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जानकारी दिएको हो । निर्वाचन आयोगका अनुसार परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न सक्नेछन् ।
आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि बिहीबार पनि मतदान केन्द्रहरूबाटै परिचय पत्र दिने जनाएको छ ।








