Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

हेलिकोप्टर चाहियो भन्दै अनसन बसेका मेयरका उम्मेदवारको १ मत


काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिए लगत्तै आमरण अनसन बसेका दीपक सिलवालले सोमबार बिहान १० बजेसम्मको मतगणनामा १ मत मात्रै पाएका छन् ।

सुत्केरी तथा गर्भवती महिलाहरुको उद्धारका लागि सरकारले हेलिकोप्टर किनिदिनुपर्ने माग गर्दै आमरण अनसन बसेका सिलवालले १ मत पाएका हुन् । रिक्सा चुनाव चिन्ह पाएका सिलवालको यो १ मत आफैंले हालेको मत भएको बुझिएको छ ।

अरु उम्मेदवार चुनावी प्रचासप्रसारमा लागिरहँदा सिलवाल भने पुरानो वानेश्वर स्थित एक होस्टेलमा आमरण अनसनमा बसेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार