Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

काठमाडौँको ताजा मतपरिणाम यस्तो छ (विवरण सहित)


काठमाडौँ महानगरपालिकामा मेयरका उम्मेद्वार बालेन शाहको अग्रता कायम रहेको छ ।

मेयरका उम्मेद्वार शाहले १०३५९ मत प्राप्त गर्दै गर्दा नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ५५१४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले ४७९२ मत प्राप्त गरेकी छिन् ।

स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका बालेन शाह स्थापित भन्दा ४८४५ मतले अग्रता हासिल गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वार दिएका मदनदास श्रेष्ठले ८४५ मत प्राप्त गर्दै गर्दा अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६११ मत प्राप्त गरेका छन् भने विवेकशील साझाका उम्मेद्वार समीक्षा बास्कोटाले १०७ मत प्राप्त गरेकी छिन् ।

काठमाडाँैको उपमेयरमा उम्मेद्वारी दिएकी नेकपा एमालेका सुनिता डंगोलले ९४१९ मत प्राप्त गर्दै गर्दा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार रामेश्वर श्रेष्ठले २५७५ मत प्राप्त गरेका छन् ।

मेयरका स्वतन्त्र उम्मेद्वार बालेन शाहलाई नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले पछ्याइरहेका छन् ।

मेयरका उम्मेद्वार :

वालेन्द्र साह (स्वतन्त्र) : १०,३५९ मत
केशव स्थापित (नेकपा एमाले) : ५,५१४ मत
सिर्जना श्रेष्ठ (नेपाली कांग्रेस) : ४,७९२ मत
मदनदास श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ८४५ मत
सुमन सायमी (स्वतन्त्र) : ६११ मत
समीक्षा बास्कोटा (विवेकशील साझा पार्टी) : १०७ मत

उप–मेयरका उम्मेद्वार :

सुनिता डंगोल (नेकपा एमाले) : ९,४१९ मत
रामेश्वर श्रेष्ठ (नेकपा एकीकृत समाजवादी) : २,५७५ मत
कीर्ति तुलाधर (विवेकशील साझा पार्टी) : ४०४ मत
बिनिता मगैया (राष्ट्रिय प्रजातन्त्र पार्टी) : १,७०९ मत


प्रतिक्रिया दिनुहोस !
विचार