Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित


गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् ।

अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत पाइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार