रामेछापको खाँडादेवी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
एमालेबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका हुन् । एमालेका श्रेष्ठले ४२१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार नवराज थोकरले ३३६ मत प्राप्त गरेका छन् ।
खाँडादेवी गाँउपालिकामा १०८९ मत खसेको थियो जसमध्ये अध्यक्षमा भएको ८४७ मत सदर भएको छ भने २४२ मत बदर भएको छ । त्यस्तै उपाध्यक्षमा ७५८ मत सदर हुदाँ ३३१ मत बदर भएको छ ।
अहिले वडा नम्बर १ राकाथुम र वडा नम्बर ९ पिङखुसीको मतगणना भइरहेको छ ।









