Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

काठमाडौँमा बालेन शाहको अग्रता कायमै, स्थापित र सिर्जना सिंह पछ्याउँदै


काठमाडौँ महानगरपालिकामा मेयरका उम्मेद्वार बालेन शाहको अग्रता कायम रहेको छ ।

मेयरका उम्मेद्वार शाहले १०७९७ मत प्राप्त गर्दै गर्दा नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ५७८७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले ५०७४ मत प्राप्त गरेकी छिन् ।

स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका बालेन शाह स्थापित भन्दा ५०१० मतले लिड गरिरहेका छन् ।

काठमाडाँैको उपमेयरमा उम्मेद्वारी दिएकी नेकपा एमालेका सुनिता डंगोलले ९४१९ मत प्राप्त गर्दै गर्दा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार रामेश्वर श्रेष्ठले २५७५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेद्वार शाहलाई एमालेका उम्मेद्वार स्थापितले पछ्याइरहेका छन् ।

मेयरका उम्मेद्वार :

  1. वालेन्द्र साह (स्वतन्त्र) : १०,७९७ मत
  2. केशव स्थापित (नेकपा एमाले) : ५,७८७ मत
  3. सिर्जना श्रेष्ठ (नेपाली कांग्रेस) : ५,०७४ मत
  4. मदनदास श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ८६७ मत
  5. सुमन सायमी (स्वतन्त्र) : ६१२ मत
  6. समीक्षा बास्कोटा (विवेकशील साझा पार्टी) : १०९ मत


प्रतिक्रिया दिनुहोस !
विचार