Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

काठमाडौँको वडा नं. ८ मा सिर्जना सिंहको अग्रता, स्थापितलाई अहिलेसम्म १ मत


काठमाडौँ महानगरपालिकाको वडा नं. ८ को मतगणना गर्दै गर्दा गठबन्धनतर्फकी उम्मेद्वार सिर्जना सिंहले बालेन शाहको दोब्बर मत प्राप्त गरेकी छिन् ।

काठमाडौँको वडा नं. ८ को मतगणना गर्दा गठबन्धनका तर्फबाट मेयरमा उम्मेद्वारी दिएकी सिर्जना सिंहले ४७ मत प्राप्त गर्दै गर्दा नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिएका केशव स्थापितले १ मत मात्रै प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वारी दिएका बालेन शाहले २२ मत प्राप्त गरे ।

समग्रमा शाहले २३५८४ मतसहित अग्रता कायम गरेका छन् भने स्थापितले १२३८० मत प्राप्त गरेका छन् । यस्तै सिंहले ११४९९ मत प्राप्त गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार