Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

ओलीको गृहनगर दमक राप्रपाको पोल्टामा, राप्रपाका राम थापा विजयी


एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा विजयी भएका छन् ।

एमाले उम्मेदवार गीताकुमारी अधिकारी पौडेललाई ५५९ मतान्तरले पराजित गर्दै थापा दमकको मेयरमा निर्वाचित भएका हुन् । राप्रपाका उम्मेदवार राम थापाले १७५२५ मत प्राप्त गर्दै गर्दा एमालेकी गीताकुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत प्राप्त गरिन् ।

दमक नगरपालिकामा एमालेलाई पराजित गर्नका लागि राप्रपाले सत्ता गठबन्धनसँग सहकार्य गरेको थियो । एमालेको बर्चस्व रहेको दमक नगरपालिका राप्रपाको पोल्टामा परेसँगै एमालेलाई ठूलो धक्का लागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै गृहनगर समेत जिताउँन नसकेको भन्दै सामाजिक सञ्जालमा ओलीमाथि व्यंग्य गरिएको छ । यता अध्यक्ष ओली बस्दै आएको भक्तपुरको बालकोटको वडामा पनि एमाले यसअघि नै पराजित भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार