Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

राप्रपाको प्रगति : ४ पालिका र ६४ वडामा विजयी


राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ पालिका र ६४ वडामा विजय हाँसिल गरेको छ । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनको तुलनामा राप्रपाले राम्रो नतिजा प्राप्त गरेको हो ।

राप्रपाले यसपटक झापाको हल्दिबारी गाउँपालिका, झापाकै दमक नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिकामा विजय हाँसिल गरेको छ ।

यस्तै राप्रपाले अहिलेसम्म ६४ वडाको अध्यक्ष जितिसकेको छ भने ३६७ वडा सदस्य पनि जितिसकेको छ । एमाले अध्यक्ष ओलीकै गृहनगर दमकमा राप्रपाका राम थापा नगर प्रम्खमा विजयी भएका छन् भने काठमाडौंको शंखरापुरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन् ।

राप्रपाका उम्मेदवारहरु जारी मतगणनामा केही स्थानमा अघि देखिएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा सम्म जीत संख्या पालिका र वडामा बढ्ने राप्रपा नेताहरुको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !
विचार