Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

विष्णु पौडेललाई पनि झड्का, आफ्नै वडामा एमाले पराजित


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा एमाले पराजित भएको छ ।

पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा एमालेलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । एमालेको गढका रुपमा हेरिएको ८ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार पंगेनी एमाले उम्मेदवार ज्ञानप्रसाद अर्याललाई ३५ मतले पछि पार्दै विजयी भए ।

एमालेको अर्का उपाध्यक्ष रामबहादुर थापाले चितवनमा आफ्नो वडा जोगाउँन नसकेको खबर सार्वजनिक भइरहेका बेला पौडेलले पनि वडा जोगाउँन नसकेको खबर सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार