Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

धरानमा पनि लौरोको तहल्का, हर्क साम्पाङ जितको नजिक


काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले तहल्का मच्चाइरहँदा धरान उपमहानगरपालिकामा पनि मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले तहल्का मच्चाइरहेका छन् ।

लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका साम्पाङ राई अहिले जितको नजिक छन् । शुरुवाती मतगणनामा पछि परेपनि स्वतन्त्र उम्मेदवार राईले अहिले भने मतान्तर निकै फराकिलो बनाएका छन् । शनिबार दिउँसो सम्मको मतगणनामा हर्क साम्पाङ नेपाली कांग्रेसका उम्मेदवार भन्दा २६६७ मतले अघि छन् ।

हर्क साम्पाङले १५ हजार ७७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १२४१० मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकामा विगत एक दशकयता सामाजिक काम गरेर ख्याति कमाएका हर्क साम्पाङ विजयको नजिक पुगेसँगै धरानमा बेग्लै प्रकारको खुसीयाली छाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार