झिनो आशा सिवाय चुनाब सत्ता र शक्तिको लागि खेलौना बन्दै त्यसैको निरन्तरता बाहेक केही देखिएन । फेरी मूल्यहीन राजनीति भागबण्डा र विदेशी खेलको गठबन्धनको गन्ध आइसकेको छ । देशको सवै अंग, दल र समाजमा विदेशी षडयन्त्रको जालो पसेको छ । बेला यही हो, पर्दाफास गरी मुलुकको मैलो हटाएर राज्यमा राजनीतिक शुद्धिकरण गर्ने । हरेक दृष्टिले नेपाल असफल तुल्याउने परिपञ्च सावित भएका छन् ।
बहुदलीय प्रजातन्त्रमा बिदेशको बन्दुक र रणनीतिमा आतंकवाद र अकुत भष्ट्राचार मौलाएको र पुन : तीनै टाउकाहरू नै परिचालित भएको सन्दर्भमा अव निर्णायक कदम उठाऔ ।
तसर्थ;
१. संघीय निर्वाचन भन्दा पहिला नै ऐतिहासिक साहसिक निर्णय लिएर नेपाली बल बुँताको निर्णायक एकीकृत राष्ट्रिय आन्दोलन वा मुल राजनीतिको बाटोबारे निर्णय लिनु औचित्यपूर्ण देखिएको छ । समयमै ख्याल गरौ, जुटौं ।
२.देशको राजनीतिक रोग पहिचान भइसकेका छन् । राजा, दलका राष्ट्रवादी देशभक्तहरु र नागरिक सबैले सही पहिचान र परिचालनमा केन्द्रीत रहनु जरुरी छ । राजा र नागरिक झुक्किनु हुँदैन ।
३.राजाले नै गर्लान् भनेर मात्र नबसौं । बिकल्प सहितको योजना सहित राजा र आमनागरिकलाई गुहारौं ।
४.राजाका सचिव र अन्यलाई दोष दिएर मात्र समय बर्वाद नगरौं । र, सचिवालय पनि अव खुलस्त हुन र उत्तरदायी बन्नु जरुरी छ ।
५.विदेशी चालमा हुने कुनै पनि परिवर्तन मुलुकमा दिगो शान्ति र दिगो विकासको पक्षमा हुन सक्दैन् । छिमेकी र मित्र राष्ट्रहरुले नेपालको सनातन पहिचान र यसको कदर र सम्मान गर्ने सदासयता देखाउने छन् । अन्यथा नेपाल र नेपालीले पनि ऐतिहासिक पथ अबलम्वन गर्नु पर्नेछ ।
राष्ट्र राजनीति र कुटनीति भन्दा माथि हुन्छ । राष्ट्रियता, स्वाधीनता, राष्ट्रिय साधन र मानवता बिरुद्धको खेलबाड नै देशद्रोही ठहर्ने छ । ईतिहासले दण्ड गर्ने छ । स्मरण रहोस नेपालमा समस्या मात्र होइन प्रशस्त सम्भावना हरु पनि छन् । खाँचो र साहसिक राष्ट्रवादी देशभक्त सुधारवादी नेतृत्वहरु र नागरिकहरुको साथ र विश्वास हो । मिलौ नारायणमान विजुक्छेजी, सिपी मैनालीजी, बिप्लवजी, पशुपति, कमल थापाजी, राजेन्द्र लिङ्देनजी, रवीन्द्र मिश्रजी, सुशीलमान शेरचनजी, लगायत विभिन्न दल र अभियानका राष्ट्रवादी देशभक्तहरु तथा स्वतन्त्र उम्मेदवार युवा नेता बालेनजी , गोपी हमालजी लगायतका हिमाल, पहाड र तराई–मधेशका साथीहरु ! पछि राजा, नेता र नागरिकले गोहीको आँशु खसाउनु नपरोस । जुटौ मन, वचन र कर्मले !
जय नेपाल ! जय नेपाली !!
डा. ठाकुर मोहन श्रेष्ठ
राष्ट्रिय अध्यक्ष
नेपाल नागरिक अभियान






