काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन् ।
केहीबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन शाहको मत ४०००३ रहेको छ भने सिर्जना सिंहको २२७४९ र केशव स्थापितको २२०९५ रहेको छ ।
मतगणनाको शुरुवातदेखि नै अग्रता लिएका बालेन शाह भारी मत अन्तरका साथ दौडिरहेका छन् भने सिर्जना सिंह र केशव स्थापित पालैपालो दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।








