Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बधाई मलाई होइन, धराने जनतालाई दिनुहोस् : हर्क साम्पाङ राई


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानको मेयर बनेकोमा आफूलाई नभई धराने जनतालाई बधाई दिन आग्रह गरेका छन् ।

बधाईको हकदार आफू नभई धराने जनता रहेको भन्दै उनले धराने जनताको भावना अनुसार चल्ने बताए । मेयर पदको सपथ आधिकारिक सेवकको सपथ रहेको बताउँदै उनले खानेपानी नआए आफूलाई सिधै फोन गर्न भनेका छन् ।

आफ्नो सम्पर्क नम्बर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता छ भने डाइरेक्ट कल गर्नहोला ।’ उनले सार्वजनिक गरेको सम्पर्क नम्बर ९८१९०१२३७२ र ९७४६९६५१९८ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार